Like us!
Follow us!
Connect us!
Watch us!

सांग्रिला डेभलपमेन्ट बैंकको १ लाख ३९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

मंगलबार, २७ फागुन २०८१, १० : ०८ मा प्रकाशित

सांग्रिला डेभलपमेन्ट बैंकको १ लाख ३९ हजार कित्ता संस्थापक  सेयर बिक्रीमा

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ।

बैंकले हाल बैंककै विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै किन्न पाउने गरी १ लाख ३९ हजार ९८४ कित्ता संस्थापक सेयर  बिक्रीमा राखेको हो। सेयर किन्न इच्छुक सेयरधनीले आगामी ३५ दिन भित्र आफूले किन्न चाहेको सेयर विवरण खुलाई काठमाडौंको बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।

तोकिएको म्याद भित्र संस्थापक सेयरधनीबाट सेयर खरिदका लागि आवेदन नपरेमा सो सेयर सर्वसाधारणलाई बिक्री गरिने बैंकले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको