राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले सरकारको आलोचना गरेका छन् ।
मंगलबार प्रतिनिधि सभामा शून्य समयमा बोल्दै उनले आफूहरूले सरकारको ध्यानाकर्षण गरिरहेको उनले बताए । रास्वपाका सभापति रवि लामिछाने, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र काठमाडौं महानगर पालिकाका प्रमुख बालेन शाहको नाम लिँदै उनले सरकारको आलोचना गरे ।
उनले भने ‘७ महिना पहिले ७ बुँदे सम्झौताको आधारमा ७ दलको गठबन्धन बनेको आज २३९ दिन भयो । सडकमा असन्तुष्टि बढ्दैछ । किन त ?’ हामीले सरकारलाई जनतालाई माया गर्दिनुस् न भन्छौं । उहाँको कार्यकर्ताले रंगशालामा मान्छे कुट्छ,’ उनी भन्छन्, ‘हामी देशलाई माया गर्दिनस्, आशा र विश्वास जगाइदिनुुस् भन्छौं उहाँहरू कुलमानलाई लखेट्ने तयारी गर्नुहुन्छ ।हामी सहकारी पीडितले न्याय पाउन भन्छौं उहाँहरू रविलाई थुन्यौं त भन्छ । हामी स्थानीय तहलाइ बलियो बनाइदिनुस् न भन्छौं बालेनको कर्मचारी खोसेँ त भन्नुहुन्छ,हामी सुशासन खै ? भन्छौं उहाँहरू कार्यकर्ताले प्रहरी कुट्दैछ त भन्नुहुन्छ । हामी विश्वविद्यालय बलियो बनाउँ, दलीयकरण नगरौं भन्छौं उहाँहरूको कार्यकर्ताले फर्निचर तोडफोड गर्नुहुन्छ,।'
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस