अर्थ संसार, काठमाडौँ– धनकुटालाई प्रदेश नं १ को राजधानी बनाउनुपर्ने माग गर्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा धर्ना आज दिइएको छ ।
हरेक हिसाबले राजधानीका लागि धनकुटा नै उपयुक्त हुने भन्दै धनकुटाका प्रदेश सांसद, नागरिक अगुवा र व्यवसायीलगायतले आज बिहान ९ देखि १०ः३० बजेसम्म धर्ना दिएका हुन् ।
धनकुटालाई प्रदेश राजधानी बनाउनुपर्ने माग गर्दै धनकुटावासीले जिल्लामा समेत आन्दोलन गर्दै आएका छन् । नेकपा ९एमाले० धनकुटाका सचिव सुरेन्द्र पौडेलले भूगोल र संरचनागत हिसाबले राजधानीका लागि धनकुटा नै उपयुक्त हुने दाबी गर्नुभयो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस