Like us!
Follow us!
Connect us!
Watch us!

मेडिकेयर हस्पिटलले आईपीओ जारी गर्ने

अर्थ संसार

सोमबार, ०४ चैत्र २०८१, १३ : ०६ मा प्रकाशित

मेडिकेयर हस्पिटलले आईपीओ जारी गर्ने

मेडिकेयर हस्पिटलले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्न विशेष साधारण सभा बोलाएको छ । कम्पनीले प्रस्ताव पारित गर्नको लागि चैत्र २३ गते सभा बोलाएको हो।

कम्पनीको चैत १ गते बसेको सञ्चालक समितिको बैठकले धुम्बाराहीस्थित रामदा होटलमा बिहान ११ बजे सभा बस्ने निर्णय गरेको हो।

सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, सर्वसाधारणमा आईपीओ जारी गर्ने, आईपीओबाट प्राप्त रकमको उपयोग सम्बन्धमा छलफल गर्ने र सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई sansarartha@gmail.com मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको