Like us!
Follow us!
Connect us!
Watch us!

आइपीओ निष्कासन तयारीमा रहेको पान हिमालय इनर्जीले ६ महिनामा गर्यो १ अर्बभन्दा बढी आम्दानी

अर्थ संसार

सोमबार, ०४ चैत्र २०८१, १३ : ४२ मा प्रकाशित

आइपीओ निष्कासन तयारीमा रहेको पान हिमालय इनर्जीले ६ महिनामा गर्यो १ अर्बभन्दा बढी आम्दानी

आइपीओ निष्कानस तयारीमा रहेको पान हिमालय इनर्जी लिमिटेडले सन् २०२४ मा ३५ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको छ ।

चालु आर्थिक वर्षको ६ महिनामा कम्पनीले १ अर्ब ६ करोड रपैयाँ आम्दानी गरेको हो । 

यस अवधिमा कम्पनीले ९०.९५ प्रतिशत प्लान्ट लोड फ्याक्टर हासिल गरेको छ, जुन गत वर्षको भन्दा निकै बढी हो । कम्पनीले नेपाल विद्युत प्राधिकरणसँग दीर्घकालीन पावर खरिद सम्झौतामा ५१.४ मेगावाट उत्पादनलाई ‘टेक एन्ड पे’ आधारमा सम्झौतामा राखेको छ ।यसका अतिरिक्त २५.६ मेगावाट उत्पादनलाई पनि ‘टेक एन्ड पे’ आधारमा सम्झौतामा राखिएको छ । सम्झौताका अनुसार कम्पनीलाई ३० वर्षको अवधिसम्म विद्युत आपूर्ति गर्ने व्यवस्था गरिएको छ ।

पान हिमालय इनर्जी लिमिटेड सन् २००५ डिसेम्बर २७ मा स्थापना गरिएको हो ।कम्पनीले ७७ मेगावाट क्षमताको रन-अफ-रिभर जलविद्युत आयोजना लिखु-१ हाइड्रोपावर प्रोजेक्टको निर्माण कार्य सम्पन्न गरी सञ्चालनमा ल्याएको छ । यो आयोजना सोलुखुम्बु र रामेछाप जिल्लामा अवस्थित छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको