Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल मनी विकको अवसरमा नेपाल बीमा प्राधिकरणद्वारा प्रभातफेरि कार्यक्रम आयोजना

अर्थ संसार

सोमबार, ०४ चैत्र २०८१, १४ : १९ मा प्रकाशित

ग्लोबल मनी विकको अवसरमा नेपाल बीमा प्राधिकरणद्वारा प्रभातफेरि कार्यक्रम आयोजना

ग्लोबल मनी विक, २०२५ को पहिलो दिन आज नेपाल राष्ट्र बैंक, नेपाल बीमा प्राधिकरण र नेपाल धितोपत्र बोर्डको संयोजनमा काठमाडौंमा वित्तीय साक्षरता सम्बन्धी प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ ।

‘Think before follow, wise money tomorrow’ भन्ने नाराका साथ ग्लोबल मनी विक, २०२५ को १३ औं श्रृङ्खला आजदेखि नेपालमा पनि शुरू भएको छ । बालबालिका र युवामा वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यका साथ Organization of Economic Cooperation and Development (OECD) को संयोजनमा हरेक वर्ष मार्च १७ देखि २३ सम्म ‘ग्लोबल मनी विक’ मनाउने गरिएको छ ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले पैसाको महत्व, बचत र सदुपयोग लगायतका विषयमा आमरूपमा जानकारी दिनका लागि गाउँ गाउँमा वित्तीय साक्षरता फैलाउनु आवश्यक रहेको र त्यसका लागि सहकार्य गर्न प्राधिकरण तयार रहेको बताए ।

कार्यकारी निर्देशक सुवेदीले ग्लोबल मनी विक, २०२५ मनाउने क्रममा नेपाल बीमा प्राधिकरणको केन्द्रीय कार्यालय र प्रादेशिक कार्यालयहरूबाट विद्यालयस्तरमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रमहरू आयोजना गर्नेे र विद्युतीय माध्यमबाट पनि वित्तीय साक्षरता सम्बन्धी जानकारीमूलक कार्यक्रमहरू संचालन गर्ने जानकारी दिए ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तुलसी प्रसाद घिमिरे, नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारी लगायतका वक्ताहरूको पैसाको महत्व, बचत, सदुपयोग, सही लगानी र ठगी नियन्त्रण लगायतका बारेमा बालबालिका तथा युवालाई शुरूदेखि नै जानकारी दिनुपर्ने बताए ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको