Like us!
Follow us!
Connect us!
Watch us!

पाथीभरा राष्ट्रको धार्मिक धरोहर, केबलकार विवाद समाधान गर्नुपर्छ - जनार्दन शर्मा

अर्थ संसार

आइतबार, १० चैत्र २०८१, ०८ : ३३ मा प्रकाशित

पाथीभरा राष्ट्रको धार्मिक धरोहर, केबलकार विवाद समाधान गर्नुपर्छ  - जनार्दन शर्मा

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का नेता जनार्दन शर्माले पाथीभरामा निर्माणाधीन केबलकार परियोजना विवाद समाधान गर्न सरकारलाई सुझाएका छन् ।

प्रेस सेन्टरले फुङलिङमा शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो सुझाव दिएका हुन् ।

‘पाथीभरा राष्ट्रको धार्मिक धरोहर हो, यसको संरक्षण र व्यवस्थापन सरकार, स्थानीय समुदाय तथा सरोकार भएका सबैको संयुक्त जिम्मेवारी हो,’ उनले भने ।

हाल पाथीभरा केबलकार निर्माणलाई लिएर स्थानीय समुदायका केही समूहले विरोध जनाएका छन् । पूर्वमन्त्रीसमेत रहेका शर्माले विवाद समाधानका लागि संवाद, सहकार्य र समन्वय आवश्यक रहेको भन्दै सरकारलाई स्थानीय समुदायको भावनाअनुसार अघि बढ्न सुझाव दिए ।

स्थानीय सहमति प्रमुख आवश्यकता भएको उल्लेख गर्दै नेता शर्माले सबै पक्षको चासोलाई सम्बोधन गर्नुपर्नेमा जोड दिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको