Like us!
Follow us!
Connect us!
Watch us!

कर्जा प्रवाहमा संकुचनले बजारमा पैसा अभाव

अर्थ संसार

बुधबार, ०८ चैत्र २०७९, ११ : २१ मा प्रकाशित

कर्जा प्रवाहमा संकुचनले बजारमा पैसा अभाव

लामो समयदेखि काठमाडौंको न्युरोडमा लत्ताकपडाको व्यापार गर्दै आएका धनञ्जय महर्जनको पसलमा विगतका वर्ष दैनिक एकदेखि डेढ लाख रूपैयाँको व्यापार हुन्थ्यो । उनले व्यापार व्यवसायबाट राम्रै आम्दानी गर्दै आएका थिए । तर, अहिले उनको पसलमा मुस्किलले ४०-५० हजार रुपैयाँको व्यापार पनि हुँदैन ।

‘बजारमा पैसा छैन। ग्राहक पनि आउन छाडे,’ महर्जनले भने। व्यापारबारे जिज्ञासा राख्दा उनले भने, ‘पैसा कहाँ हरायो रु राष्ट्र बैंकलाई सोधिदिनुपर्यो । न ग्राहक आउँछन् न उधारो रकम नै उठ्छ ।’ महर्जनको बुझाइमा बजारमा पैसा नभएकाले ग्राहक आएका छैनन्। बक्यौता रकम पनि उठेको छैन ।

बजारमा पैसा छैन । पैसा कहाँ हरायो भन्ने महर्जनमात्र एक्ला होइनन् । अधिकांश उद्योगी, व्यापारीको चासो र चिन्ता यही छ । उद्योगी, व्यापारीमात्र नभएर मुलुकको अर्थतन्त्रको नेतृत्व गर्नेले पनि यसको जवाफ खोज्दै हिँडेका छन् ।

तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले नागरिक लगानी कोषको एक कार्यक्रममा बजारबाट पैसा हराएकाले खोजी गरिरहेको बताएका थिए । ‘बजारबाट पैसा कहाँ हराएको छ, म खोज्दै छु’,शर्माले भने, ‘कतै सिरानीमुनि र ओछ्यानमुनि त बन्द भएको छैन। त्यसको खोजीमा म लागेको छु ।’ शर्माले यसो भनेको र उनी मन्त्रीबाट हटेको महिनौं भयो । बजारमा अहिले पनि पैसा नभएको भन्दै उद्योगी, व्यापारी छटपटाइरहेका छन् । आजको नागरिक दैनिकबाट

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको