Like us!
Follow us!
Connect us!
Watch us!

आफ्नै पार्टीका नेता पुनले ल्याएको बजेटको आलोचना गर्दै पूर्वअर्थमन्त्री शर्मा

अर्थ संसार

शुक्रबार, ३२ जेठ २०८१, १७ : २६ मा प्रकाशित

आफ्नै पार्टीका नेता पुनले ल्याएको बजेटको आलोचना गर्दै पूर्वअर्थमन्त्री शर्मा

नेकपा (माओवादी) केन्द्रका पूर्वअर्थमन्त्री जनार्दन शर्माले संघीयताको उपहास हुनेगरी २५ देखि एक लाख रुपियाँका योजनाहरु संसदमा प्रश्तुत गरेको बताएका छन् । 

शुक्रवार संसदमा उनले बजेट विनियोजन गर्दा सरकारका मन्त्रीहरुले प्रदेश र स्थानीय  सरकार पनि छ भन्ने कुरा बिर्सिएको बताउँदै केन्द्रीय सरकारको मन्त्री भएपछि केन्द्रीकृत मनोभावनाले ग्रसित हुन नहुने बताए । शर्माले सरकारले २५ हजारदेखि एक लाखका योजनाहरु संसदमा प्रश्तुत गरेर संघीयताको उपहास गरिरहेको आरोप लगाए । 

प्रि बजेटमा नै बजेटलाई प्राथमिकता दिएर छलफल गर्ने र छलफलबाट आएका सुझावका आधारमा बजेट निर्माण गर्ने कुराले संसदहरुलाई उत्साहित बनाए पनि प्रतिवद्धता अनुसार बजेट निर्माण नभएको शर्माले उल्लेख गरे । उनले बजेट निर्माण गर्दा परम्परालाई मात्रै निरन्तरता दिएको भन्दै यो बजेटले नयाँ  प्रगति गर्न नसक्ने दाबी गरे । 

उनले भने,  ‘प्रधानमन्त्री पुष्पकमल दाहालले गत वर्षमा आगामी वर्षको बजेट नयाँ ढङ्गले बजेट प्रश्तुत गर्ने प्रतिवद्धता र घोषणा भएको थियो । प्रिबजेटमा नै बजेटलाई प्राथमिकता दिएर छलफल गर्ने र छलफलबाट आएका सुझावका आधारमा बजेट निर्माण गर्ने कुराले उत्साहका साथ लिएका थियौं । बजेटमा प्रधानमन्त्रीको घोषणा अनुसार अघि बढ्न सकेन । त्यसको समिक्षा गर्न जरुरी छ । बजेट निर्माण गर्दा परम्परालाई मात्रै  निरन्तरता दिने हो भने प्रगति गर्न सक्दैनौं । जब समस्या भएको महशुस भयो । समिक्षा गरौं । बदल्नुपर्छ भनेर अघि बढेपछि बदल्न अगाडि बढ्नु पर्ने हो । बदलिएन । हामी पुरानै अवस्थामा छौं । सुधारिए नौं । सुधाररिनु पर्ने आवश्यकता छ ।’ 

‘आजको छलफलमा समय खर्च गरिरहेका छौं । यसको औचित्य र आवश्यकता छैन । यसले कुनै पनि परिणाम दिँदैन । यो वर्ष प्रि बजेटमा समेत छलफल हुन सकेन । त्यसको आधारमा बजेट निर्माण गर्नु पर्ने थियो । सरकारले गत वर्ष प्रतिवद्धता गरेको कुरा पूरा भएको छैन । वर्तमान सरकारले ल्याएको बजेटले परिणाम दिँदैन । सरकारले बजेट छरि रहेको छ । मन्त्रीहरुले प्रदेश र स्थानीय पनि सरकार छ भनेर नर्बिसऔं । मन्त्री भएपछि केन्द्रिकृत मनोभावनाले ग्रसित नहौं । २५ हजार देखि १ लाखका योजनाहरु संसदमा प्रस्तुत गरेर संघीयताको उपहास नगरौं । यी सबै कुराहरु प्रदेश र स्थानीय तहलाई दिऔं । त्यो गर्दा दिगो र परिणाममुखी हुन्छ ।’ उनले थपे

शर्माले यस्तो छलफलले कुनै परिणाम नदिने दाबी समेत गरेका छन् । उनले वर्तमान सरकारले ल्याएको बजेटले परिणाम दिन नसक्ने भन्दै सरकारले बजेटलाई वितरणमुखी बनाएको उल्लेख गरे । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको