बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप संकलन र कर्जा प्रवाह दुवै बढेको छ।
नेपाल बैकर्स संघले उपलब्ध गराएको चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको तथ्याङक अनुसार कर्जा प्रवाह ६.१२ प्रतिशतले बढेर ४८ खर्ब ५० अर्ब ५९ करोड अर्ब रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षको ८ महिनामा निक्षेप संकलन ४.९० प्रतिशतले बढेर ६० खर्ब ३७ अर्ब रुपैयाँ पुगेको छ ।
चार बैंकको निक्षेप ४ खर्ब माथि
संघको तथांक अनुसार यस अवधिमा चार बैंकहरुले चार खर्ब बढी निषेप संकलन गरेका छन् । फागुनसम्म ग्लोबल आईएमई बैंकको निक्षेप सबैभन्दा बढी रहेको छ । बैंकले ५ खर्ब ३३ अर्ब २३ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।
त्यस्तै नबिल बैंकले पाँच खर्ब तीन अर्ब २५ करोड रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले चार खर्ब ५२ अर्ब ६४ करोड रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंकले चार खर्ब ४७ अर्ब ५५ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।
अन्य बैंकहरुको निक्षेप कति ?
फागुनसम्म कृषि विकास बैंकले दुई खर्ब ५३ अर्ब, सिटिजन बैंक इन्टरनेशनलले दुई खर्ब एक अर्ब, एभरेष्टले दुई खर्ब ६७ अर्ब, हिमालयनले तीन खर्ब ३ अर्ब, कुमारीले तीन खर्ब ५६ अर्ब, लक्ष्मी सनराइजले तीन खर्ब ५० अर्ब, माछापुच्छ्रे एक खर्ब ६८ अर्ब र नेपाल बैंकले तीन खर्ब नौ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् ।
त्यसैगरी यस अवधिमा नेपाल एसबीआई बैंकले एक खर्ब ८१ अर्ब एनआईसी एशियाले दुई खर्ब अर्ब ९८ अर्ब, एनएमबीले दुई खर्ब ६६ अर्ब, प्रभुले तीन खर्ब १२ अर्ब प्राइम कमर्सियलले दुई खर्ब ४२ अर्ब, सानिमाले दुई अर्ब १५ अर्ब, सिद्धार्थले दुई खर्ब ४६ अर्ब र स्ट्याण्डर्ड चार्टर्ड बैंकले एक खर्ब २५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको संघको तथ्यांकमा उल्लेख छ ।
कर्जा लगानीमा ग्लोबलको अग्रता
एनबीएले प्रकाशित गरेको तथ्यांक अनुसार निक्षेप संकलन सँगै कर्जा प्रवाहमा पनि ग्लोबल आईएमई बैंकले अगाडी रहेको छ । बैंकले फागुनसम्म चार खर्ब २९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । त्यस्तै नबिल बैंकले चार खर्ब १४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । संघका अनुसार नेपाल इनभेष्टमेन्ट मेगाले ३ खर्ब ५१ अर्ब रुपैयाँ, कुमारीले ३ खर्ब एक अर्ब रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले २ खर्ब ८९ अर्ब रुपैयाँ, लक्ष्मी सनराइजले २ खर्ब ८४ अर्ब रुपैयाँ र एनआइसी एशिया बैंकले २ खर्ब ४९ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।
यस अवधिमा हिमालयन बैंकले २ खर्ब ५१ अर्ब रुपैयाँ, प्रभु बैंकले २ खर्ब ३४ अर्ब रुपैयाँ, एनएमबीले २ खर्ब ३३ अर्ब रुपैयाँ, नेपाल बैंकले २ खर्ब २५ अर्ब रुपैयाँ, एभरेष्टले २ खर्ब २४ अर्ब, सिद्धार्थ बैंकले २ खर्ब १५ अर्ब रुपैयाँ, र प्राइम कमर्सियल बैंकले २ खर्ब १५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । चालु आवको आठ महिनामा कृषि विकास बैंकले २ खर्ब ८ अर्ब रुपैयाँ कर्जा लगानी गर्दा सिटिजन्स बैंक इन्टरनेशनलले एक खर्ब ६९ अर्ब रुपैयाँ, माछापुच्छ्रेले एक खर्ब ४५ अर्ब रुपैयाँ, नेपाल एसबीआईले एक खर्ब ३९ अर्ब रुपैयाँ, सानिमाले एक खर्ब ७९ अर्ब रुपैयाँ र स्टान्डर्ड चार्टर्ड बैंकले ८५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको तथ्यांकमा उल्लेख छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस