सार्वजनिक लेखा समितिले समितिमा परेका उजुरीहरुको अध्ययन गर्न उपसमिति बनाएको छ।
सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले समितिमा परेका उजुरीहरु विभिन्न विषयमा वर्गीकरण गरेर अध्ययन छलफल गर्ने भएको हो। सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिले समितिमा परेका उजुरीहरू विभिन्न विषयहरुमा वर्गीकरण गरेर अध्ययन छलफल गर्ने भएको हो ।
समितिले पहिलो प्राथमिकतामा बीमा,बैंकिङ र पुँजीबजारको उजुरी राखिने पनि जनाएको छ ।
लेखा समितिमा विभिन्न शीर्षकमा ११४ बढी उजुरी परेका छन् । समितिमा रिेका उजुरीलाई विभिन्न २० शीर्षकमा वर्गीकरण गरेर ४८ वटा उजुरीलाई कार्यदलमार्फत अध्ययन र छानबिन गर्ने भएको हो ।
समितिमा विषयगत रुप छुट्टाइएका उजुरी बाहेकका १६ वटा उजुरी माथि अध्ययन गरेर निर्णय सिफारिस गर्न नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमको संयोजकत्वमा कार्यदल बनाएको छ ।
सार्वजनिक लेखा समितिमा नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले नियम विपरित कार्य गरेकोदेखि व्यवसायीहरुले सिमेन्ट र डण्डीमा मूल्यवृद्धि गरी कालोबजारी गरेको भन्दै नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले उजुरी दर्ता गराएका छन् ।
मितिमा एमसिसीको नेपाल कार्यालयले विद्युत प्रशारण लाइन निर्माणको परामर्श सेवामा अनियमितता र भ्रष्टाचार गरेको सम्मको उजुरी परेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस