Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय जीवन बिमा कम्पनीले बोलायो साधारण सभा, मुख्य एजेण्डा के ?

अर्थ संसार

सोमबार, ११ चैत्र २०८१, १० : १४ मा प्रकाशित

राष्ट्रिय जीवन बिमा कम्पनीले बोलायो साधारण सभा, मुख्य एजेण्डा के ?

राष्ट्रिय जीवन बीमा कम्पनीले साधारण सभा बोलाएको छ ।

राष्ट्रिय जीवन बीमा कम्पनी को सञ्चालक समितिको चैत १० गते बसेको बैठकले प्रथम साधारण सभा वैशाख ३ गते रामशाह पथस्थित कम्पनीको प्रधान कार्यालयमा अपराह्न ४ बजे बोलाएको छ ।

कम्पनीले यो पटक पनि कम्पनीले लाभांश वितरण नगर्ने भएको छ । तसर्थ, यो पटक लगानीकर्ताको हात रित्तै हुने भएको छ ।

सभामा कम्पनीले सञ्चालक समितिले स्वीकृत गरेको पुँजी वृद्धिको योजनालाई अनुमोदन गर्ने एजेन्डा छ यस्तै, कम्पनीको प्रबन्धपत्र र नियमावलीमा समयानुकूल संशोधनसमेतका कार्य गर्न र गराउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि छ । सभामा आर्थिक वर्ष २०६९/७०, २०७०/७१, २०७१/७२, २०७२/७३ र २०७३/७४ को वार्षिक प्रतिवेदन उपर छलफल गर्ने एजेन्डा छ ।

त्यसैगरी, सभामा आर्थिक वर्ष २०७६/७७ देखि २०७८/७९ सम्मको लेखापरीक्षण गर्न महालेखा परीक्षकको कार्यालयको परामर्शमा सञ्चालक समितिबाट नियुक्त भएका बाह्य लेखापरीक्षकद्वय सुवास पौडेल र विजय सिंह पराजुलीको नियुक्ति र निजहरुको पारिश्रमिक अनुमोदन गर्ने एजेन्डा पनि छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

धेरै पढिएको