Like us!
Follow us!
Connect us!
Watch us!

सरकारको कडा कदम: कुलमान घिसिङ पदमुक्त, हितेन्द्रदेव शाक्यले नेतृत्व सम्हाल्ने

अर्थ संसार

सोमबार, ११ चैत्र २०८१, २१ : १५ मा प्रकाशित

सरकारको कडा कदम: कुलमान घिसिङ पदमुक्त, हितेन्द्रदेव शाक्यले नेतृत्व सम्हाल्ने

नेपाल विद्युत प्राधिकरणको नेतृत्व फेरि परिवर्तन भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गर्दै पूर्वप्रमुख हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको छ।

सरकारले घिसिङमाथि चार मुख्य आरोप लगाउँदै तीन दिनभित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिएको थियो। ती आरोपहरूमा भारतसँग महँगो मूल्यमा विद्युत खरिद गरेको, कार्यसम्पादन मूल्यांकनका लागि आवश्यक कागजात समयमा नबुझाएको, मूल्यांकनमा शून्य अंक पाएको तथा प्राधिकरणको नाफा कृत्रिम रूपमा बढाएर प्रचार गरेको जस्ता विषय समावेश थिए।

आरोपको खण्डन गर्दै घिसिङले सात बुँदे स्पष्टिकरण पेश गरेका थिए। उनले आफूमाथि लगाइएका आरोपहरू निराधार रहेको दाबी गर्दै सरकारको निर्णय पूर्वाग्रही भएको बताएका छन्।

२०७८ साउन २५ मा कार्यकारी निर्देशक नियुक्त भएका घिसिङको कार्यकाल २०८२ साउन २४ सम्मका लागि तोकिएको थियो। तर, मन्त्रिपरिषद्को पछिल्लो निर्णयपछि उनको कार्यकाल निर्धारित समयअघि नै टुंगिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

सम्बन्धित खबर

धेरै पढिएको