अर्थ संसार, काठमाडौं - नेपाल विद्युत प्राधिकरणका निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन्।
ऊर्जा मन्त्रालयले अर्को व्यवस्था नहुन्जेलसम्मका लागि शाक्यलाई प्राधिकरणको निमित्त कार्यकारी निर्देशक नियुक्त गरेको हो।
शुक्रबार बसेको प्राधिकरणको संचालक समितिको बैठकमा प्राधिकरणका अध्यक्ष तथा उर्जा मन्त्री वर्षमान पुनले शाक्यलाई काजबाट फिर्ता बोलाई प्राधिकरण मै हाजिरी गराउन निर्देशन दिएका थिए ।
कुलमान घिसिङको कार्यकाल सकिएपछि मन्त्रालयले लेखनाथ कोइरालालाई निमित्तको जिम्मा दिएको थियो। त्यतिबेला शाक्य ‘एनइए इन्जिनियरिङ कम्पनी’मा काजमा गएका थिए।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस