Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि बैंकद्वारा ग्लोबल मनी विक २०२५ अवसरमा वित्तीय साक्षरता अभियान

अर्थ संसार

बुधबार, १३ चैत्र २०८१, ०८ : २८ मा प्रकाशित

एनएमबि बैंकद्वारा ग्लोबल मनी विक २०२५ अवसरमा वित्तीय साक्षरता अभियान

एनएमबि बैंकले ग्लोबल मनी विक २०२५ को अवसरमा देशभर विभिन्न वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। वित्तीय सचेतना अभिवृद्धि गर्ने उद्देश्यले बैंकले विभिन्न विद्यालय, क्याम्पस तथा समुदायमा वित्तीय साक्षरतासम्बन्धी अभियान सञ्चालन गरेको हो।

देशभरका शाखाहरूबाट वित्तीय शिक्षा
एनएमबि बैंकले सबै प्रदेशका शाखाहरू मार्फत विद्यालय र कलेजहरूमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। यस अभियानमार्फत बैंकले बचत, लगानी, डिजिटल बैंकिङ्ग तथा वित्तीय व्यवस्थापन सम्बन्धी ज्ञान प्रदान गरेको छ।

प्रभातफेरी तथा डिजिटल अभियान
ग्लोबल मनी विक २०२५ को नारा अनुरूप, एनएमबि बैंकले विभिन्न स्थानमा प्रभातफेरी समेत आयोजना गरेको छ। साथै, बैंकले आफ्ना सामाजिक सञ्जालमार्फत सचेतनामूलक पोस्ट, भिडियो तथा जानकारीमूलक सामाग्रीहरू प्रकाशन गरी वित्तीय साक्षरतामा योगदान पुर्याएको छ।

३,००० भन्दा बढी लाभान्वित
बैंकको वित्तीय साक्षरता अभियानबाट ३,००० भन्दा बढी व्यक्ति प्रत्यक्ष लाभान्वित भएका छन्। यस अभियानले विशेषगरी युवा तथा विद्यार्थीहरूलाई वित्तीय अनुशासन, बजेटिङ्ग, लगानी तथा डिजिटल बैंकिङ्गका अवसरहरूबारे सचेत गराउने उद्देश्य राखेको थियो।


एनएमबि बैंकले हाल देशभर २०२ शाखा, १८७ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गरिरहेको छ। बैंकले आगामी दिनमा पनि वित्तीय साक्षरता अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

सम्बन्धित खबर

धेरै पढिएको