Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि बैंकले बोलायो साधारण सभा, १० प्रतिशत लाभांश प्रस्ताव पारित गर्ने

अर्थ संसार

मंगलबार, ०१ पुस २०८२, १० : ४६ मा प्रकाशित

एनएमबि बैंकले बोलायो साधारण सभा, १० प्रतिशत लाभांश प्रस्ताव पारित गर्ने

एनएमबि बैंक लिमिटेडको मंसिर २८ गते सम्पन्न सञ्चालक समितिको बैठकले पुस २४ गते काठमाडौंस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान १० बजे बैंकको ३०औं वार्षिक साधारणसभा बोलाएको छ। उक्त सभामा सञ्चालक समितिले प्रस्ताव गरेअनुसार हालको चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर तथा ५ प्रतिशत नगद लाभांश वितरणसम्बन्धी प्रस्ताव पारित गरिनेछ।

साथै गत आवको प्रतिवेदत र वित्तीय विवरणहरू उपर छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ। त्यसैगरी सञ्चालकको बैठक भत्ता बढाउने र आवश्यकता अनुसार बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस ९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकालेनेप्सेमा पुस ८ गतेसम्म कायम सेयरधनी मात्रै सो सभामा भाग लिन र लाभांश पाउन सक्नेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको