एनएमबि बैंकले सर्लाहीको लालबन्दी–५ स्थित श्री अमर जैन विद्यालयमा स्कुल ब्याग र वाटर डिस्पेन्सर हस्तान्तरण गरेको छ । शिक्षा क्षेत्रमा योगदान पुर्याउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको हो ।
बैंकले शिक्षालाई दिगो विकासको आधारशिला मान्ने प्रतिबद्धता सहित सो सामाग्रि दिएको बताएको छ । यस पहलले विद्यालयको शैक्षिक वातावरणलाई सुदृढ बनाउनुका साथै विद्यार्थीहरूलाई थप प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ । कार्यक्रममा लालबन्दी वडा नं. ५ का वडाध्यक्ष श्री रामप्रसाद ढुंगेलले एनएमबि बैंकको सामाजिक उत्तरदायित्वप्रतिको योगदानको प्रशंसा गर्दै यस्ता कार्यहरूले समुदायमा सकारात्मक सन्देश फैलाउने विश्वास व्यक्त गरेका छन् । बैंकको तर्फबाट मधेश प्रदेश प्रमुख श्री दीपेन्द्र कुमार मिश्रज्यू र लालबन्दी शाखाका प्रबन्धक श्री अरुण आचार्यज्यूको विशेष उपस्थिति रहेको थियो। उनीहरूले बैंक आगामी दिनहरूमा पनि यस्ता सामाजिक कार्यहरूमा सक्रिय रूपमा संलग्न रहने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, शिक्षकगण, विद्यार्थीहरू तथा स्थानीय सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागी सबैले एनएमबि बैंकको यो सराहनीय पहलप्रति आभार प्रकट गरेका थिए। हाल एनएमबि बैंकले देशभर २०२ शाखा, १८७ एटिएम र ९ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय बैंकिङ सेवा प्रदान गरिरहेको छ। बैंकले भविष्यमा पनि समाज र राष्ट्रको हितमा यस्ता रचनात्मक तथा उत्तरदायी कार्यक्रमहरू संचालन गर्ने प्रतिबद्धता जनाएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस