Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि बैंकको नयाँ अटो लोन योजना -७.१३% ब्याजदरमा व्यक्तिगत सवारी साधन

अर्थ संसार

मंगलबार, ०३ भदौ २०८२, १० : ५८ मा प्रकाशित

एनएमबि बैंकको नयाँ अटो लोन योजना -७.१३% ब्याजदरमा व्यक्तिगत सवारी साधन

एनएमबि बैंकले नाडा अटो शोमा सहभागिता जनाउँदै र आसन्न चाडपर्वलाई लक्षित गर्दै विशेष अटो लोन योजना सार्वजनिक गरेको छ। यस योजनाअन्तर्गत ग्राहकहरूले केवल ७.१३% ब्याजदरमा व्यक्तिगत सवारी साधन खरिदका लागि कर्जा लिन सक्नेछन्।

यो योजना सीमित अवधिका लागि लागू हुनेछ भने आवेदन प्रक्रिया सहज र लचिलो बनाइएको छ। विशेषगरी इलेक्ट्रिक सवारी साधन खरिद गर्न चाहने ग्राहकहरूका लागि यो योजना आकर्षक अवसर बन्ने विश्वास बैंकले लिएको छ।

एनएमबि बैंकले यो अफर मार्फत वातावरणमैत्री प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्दै, नेपालको हरित र दिगो भविष्य निर्माणमा योगदान पुर्‍याउने लक्ष्य लिएको जनाएको छ। साथै, ग्राहकलाई प्राथमिकतामा राखेर सेवा प्रदान गर्ने आफ्नो प्रतिबद्धताको पनि यो एउटा उदाहरण भएको बैंकको भनाइ छ।

यस अफरसम्बन्धी विस्तृत जानकारी एनएमबि बैंकको नजिकको शाखा वा नाडा अटो शोको स्टल नं. E24 मा पुगेर बैंक प्रतिनिधिमार्फत लिन सकिनेछ।

हाल एनएमबि बैंकले देशभर २०२ शाखा, १८७ एटिएम र ९ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको