Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया बैंकले मनायो सप्ताहव्यापी ‘ग्लोबल मनी विक २०२५’- ४ हजार ५ सयबढी विद्यार्थी लाभान्वित

अर्थ संसार

बुधबार, १३ चैत्र २०८१, १४ : ४३ मा प्रकाशित

एनआईसी एशिया बैंकले मनायो सप्ताहव्यापी ‘ग्लोबल मनी विक २०२५’- ४ हजार ५ सयबढी विद्यार्थी लाभान्वित

एनआईसी एशिया बैंकले वित्तीय साक्षरताको अभिवृद्धि गर्ने उद्देश्यले देशभरका हजारौं विद्यार्थी तथा युवाहरुमाझ सप्ताहव्यापी विभिन्न कार्यक्रम सञ्चालन गरी ‘ग्लोबल मनी वीक २०२५’ सम्पन्न गरेको छ।

नेपाल राष्ट्र बैंकको राष्ट्रिय संयोजनमा भएको यस वर्षको ‘ग्लोबल मनी वीक’ अन्तर्गत बैंकका सातै प्रदेशका शाखाहरुले वित्तीय साक्षरतासम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गरेर मनाएका थिए।

बैंकले सातै प्रदेशका विभिन्न शाखामार्फत एक हप्तासम्म सञ्चालन गरेको ८० भन्दा बढी कार्यक्रम मार्फत् ४ हजार ५०० भन्दा बढी विद्यार्थी तथा युवाले वित्तीय ज्ञान, सीप तथा मनोवृत्तिको विकास गर्न अवसर पाएको बैंकले जनाएको छ।

विशेष गरी तुलनात्मक रूपमा वित्तीय साक्षरता कम भएका बाजुरा, रुकुम, कालिकोट, जुम्ला, जाजरकोट, दार्चुला जस्ता जिल्लाका बैंक शाखाहरुले पनि वित्तीय साक्षरता अभिवृद्धि गर्ने कार्यक्रम सञ्चालन गरेका थिए।

यस अभियान अन्तर्गत बैंकले वित्तीय साक्षरता बढाउने सामग्री पनि निर्माण गरी प्रकाशन गरेको थियो। नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार सञ्चालन गरिएका विविध कार्यक्रम तथा सामग्रीमार्फत बालबालिका, विद्यार्थी तथा युवाहरुलाई वित्तीय ज्ञान र जनचेतना फैलाउन उल्लेखनीय सहयोग पुगेको बैंकले विश्वास लिएको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको