अर्किड होल्डिङ्स लिमिटेडले गत वर्ष (सन् २०२४)मा १६ करोड १० लाख रुपैयाँ आम्दानी गरेको छ ।
यो सन् २०२३ को भन्दा करिब ३२ प्रतिशतले बढी हो । । सन् २०२३ मा यस कम्पनीले १२ करोड २० लाख र सन् २०२२ मा ६ करोड ६० लाख रुयैयाँ आम्दानी गरेको थियो ।
अर्किड होल्डिङ्सले कम्पनीले होटल उद्योगमा लामो अनुभवका साथ काम गर्दै आएको छ । काठमाडौंमा चार-तारे होटल ‘होटल क्राउन इम्पेरियर’सञ्चालन गरेको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डमा १ अर्ब १५ करोड रुपैयाँ बराबरको १ करोड १५ लाख कित्ता आइपीओ बिक्रीका लागि अनुमति पर्खिरहेको छ ।
यस कम्पनीलाई रेटिङ एजेन्सीले लङ ट्रम १ अर्ब ४५ करोड ९३ लाख रुपैयाँ बैंक कर्जाका लागि ‘केयर एनपी बी प्लस’ र सर्ट ट्रम ५ करोड कर्जाका लागि ‘केयर एनपी ए४’ रेटिङ पुनः पुष्टि गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस