Like us!
Follow us!
Connect us!
Watch us!

पर्यटन क्षेत्र बनाउने भनेकै निजी क्षेत्रले हो - मन्त्री पाण्डे

अर्थ संसार

शुक्रबार, १५ चैत्र २०८१, १५ : ०३ मा प्रकाशित

पर्यटन क्षेत्र बनाउने भनेकै निजी क्षेत्रले हो - मन्त्री पाण्डे

संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले निजी क्षेत्र सक्रिय नहुुँदासम्म पर्यटन क्षेत्रको विकास नहुने उद्घोष गरेका छन् ।

शुक्रबार आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम एवम् बजेटमा पर्यटन,नागरिक उड्डन तथा संस्कृति क्षेत्रमा समेटिनु पर्ने विषयका सन्दर्भमा सरोकारवालासँग छलफल र सुझाव संकलन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् ।

उनले भने, ‘नीजि क्षेत्र सक्रिय नभइकन पर्यटन क्षेत्रको विकास हुन सक्दैँन । पर्यटन क्षेत्र बनाउने भनेकै नीजि क्षेत्रले हो । निजि क्षेत्रले नै गन्तव्य पहिल्याइदिनु पर्छ । नीजि क्षेत्रप्रति राज्यले उद्धार भावका साथ सहयोग गर्छ ।’ मन्त्री पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि लगानीमैत्री बातावरण आवश्यक रहेको बताउँदै स्वदेशी तथा विदेशी लगानी कर्ताहरु भित्रने भएकाले राज्यले ठूलो लाभ लिने बताए ।

मन्त्री पाण्डेले यस पटकको बजेट अंकमा नभइ नीतिमा बनाउने बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

धेरै पढिएको