Like us!
Follow us!
Connect us!
Watch us!

सुरक्षा कमजोरीका कारण हुल्लडबाजहरूको आक्रमण सम्भव भएको नेकपा एसको आरोप

अर्थ संसार

शुक्रबार, १५ चैत्र २०८१, १८ : ३९ मा प्रकाशित

सुरक्षा कमजोरीका कारण हुल्लडबाजहरूको आक्रमण सम्भव भएको नेकपा एसको आरोप

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय तथा काठमाडौं जिल्ला कार्यालय (आलोकनगर, बानेश्वर) मा आज दिउँसो ३:१५ बजे हुल्लडबाजहरूको एक समूहले आक्रमण गरी तोडफोड तथा आगजनी गरेको छ।

पार्टीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख भएअनुसार, हमलाकारीहरूले कार्यालयका ढोका र झ्यालहरू तोडफोड गर्नुका साथै कागजात तथा फर्निचरहरू जलाएका छन्। आफुलाई तथाकथित राजावादी बताउने तत्वहरूद्वारा गरिएको यो कार्यलाई पार्टीले ‘आपराधिक उन्माद’ भन्दै घोर भर्त्सना गरेको छ।

प्रहरी प्रशासनको लापरवाही आरोप

पार्टीले उक्त आक्रमणको आशंका गर्दै आज बिहान ११ बजे नै सुरक्षा प्रशासनलाई जानकारी गराएको तर सुरक्षा प्रवन्ध नगरेको गम्भीर आरोप लगाएको छ। आक्रमण सुरु भएपछि फेरि खबर गर्दा पनि प्रहरी समयमै नआएको भन्दै पार्टीले सुरक्षा प्रशासनको भूमिकाप्रति असन्तुष्टि जनाएको छ।

तोडफोड र आगजनीमा संलग्नलाई कारबाहीको माग

यस घटनापछि हुल्लडबाजहरूले अन्य सर्वसाधारणको सम्पत्तिमाथि पनि आक्रमण गर्दै लूटपाट गरेको समाचार आएको भन्दै पार्टीले सरकारको सुरक्षा व्यवस्थामा कमजोरी रहेको आरोप लगाएको छ। साथै, तोडफोड तथा आगजनीमा संलग्न सबै दोषीलाई यथाशिघ्र कडा कारबाही गर्न जोडदार माग गरेको छ।

पार्टीका महासचिव घनश्याम भूसालद्वारा हस्ताक्षरित विज्ञप्तिमा नागरिकहरूको सुरक्षाका लागि सतर्क रहन पनि आग्रह गरिएको छ।

67e69c0d9a0f9.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

सम्बन्धित खबर

धेरै पढिएको