Like us!
Follow us!
Connect us!
Watch us!

निजी सम्पत्ति तथा संचारगृहमा तोडफोड, लुटपाटको घटना निन्दनीय : नेपाल उद्योग परिसंघ

अर्थ संसार

शनिबार, १६ चैत्र २०८१, १९ : १८ मा प्रकाशित

निजी सम्पत्ति तथा संचारगृहमा तोडफोड, लुटपाटको घटना निन्दनीय : नेपाल उद्योग परिसंघ

नेपाल उद्योग परिसंघले शुक्रबार भएको निजी सम्पत्ति तथा संचारगृहमा तोडफोड, आगजनी र लुटपाटको घटनालाई निन्दनीय भन्दै दोषीलाई कानुनी कारबाहीको माग गरेको छ।

परिसंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, "विभिन्न माग राखी गरिएको आन्दोलन तथा प्रदर्शनका क्रममा आम सर्वसाधारण, पेशा व्यवसायमाथि भौतिक आक्रमण, निजी सम्पत्तिमा आगजनी, व्यवसायिक प्रतिष्ठानमा तोडफोड तथा लुटपाटको घटना अत्यन्तै दुःखद् र निन्दनीय छ।"

परिसंघले व्यावसायिक प्रतिष्ठानहरूको सुरक्षाको माग गर्दै तोडफोड तथा आगजनी गर्ने अराजक तत्वलाई कानुनी दायरामा ल्याउन सरकारसँग आग्रह गरेको छ। "व्यवसाय, व्यापार, पेशा गर्न पाउने अधिकार सुरक्षित रहनुपर्छ। यस प्रकारका हिंसात्मक घटना दोहोरिन नदिन सरकार र सम्बन्धित निकायले आवश्यक कदम चाल्नुपर्छ," परिसंघले भनेको छ।

संविधानले नागरिकलाई आन्दोलन तथा प्रदर्शनको अधिकार प्रदान गरेको भए पनि, अरूको व्यक्तिगत सम्पत्तिमा क्षति पुर्‍याउने अधिकार कसैलाई नभएको परिसंघले स्पष्ट पारेको छ। "आन्दोलन तथा प्रदर्शन गर्न पाउने अधिकार सुरक्षित भए तापनि यस्ता कार्यले अरूको अधिकार हनन् गर्नु हुँदैन। सम्बन्धित सबैले यस विषयमा सचेत हुनुपर्छ," परिसंघको विज्ञप्तिमा उल्लेख छ।

नेपाल उद्योग परिसंघले शुक्रबारको घटनामा ज्यान गुमाएकाप्रति गहिरो श्रद्धाञ्जली व्यक्त गर्दै पीडित परिवारलाई समवेदना प्रकट गरेको छ। साथै, घाइतेहरूप्रति सहानुभूति जनाउँदै शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

परिसंघले आगामी दिनमा यस्ता घटनाहरू नदोहोरियोस् भनेर सरकार, सुरक्षाकर्मी र सरोकारवालाहरूलाई आवश्यक कदम चाल्न आग्रह गर्दै व्यावसायिक तथा आर्थिक स्थायित्वको सुनिश्चितता गर्न अपिल गरेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई sansarartha@gmail.com मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

सम्बन्धित खबर

धेरै पढिएको