गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सले २ लाख ६० हजार कित्ता ऋणपत्र बिक्री गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ। यसका लागि फाइनान्सले प्रतिइकाई १ हजार रुपैयाँको दरले २६ करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न बोर्डमा निवेदन दिएको हो ।
यसले ८ वर्ष अवधि भएको '९% गुहेश्वरी डिबेन्चर २०८९' बिक्री गर्न लागेको हो । उक्त डिबेन्चरको वार्षिक ब्याजदर ९% तोकिएको छ । यसमा बिक्री प्रबन्धकको जिम्मेवारी एनआइबीएल एस क्यापिटलले पाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई sansarartha@gmail.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस