Like us!
Follow us!
Connect us!
Watch us!

चैत २८ गतेदेखि आइपीओ बिक्री गर्दै पियोर इनर्जी

अर्थ संसार

सोमबार, १८ चैत्र २०८१, १० : २७ मा प्रकाशित

चैत २८ गतेदेखि आइपीओ बिक्री गर्दै पियोर इनर्जी

पियोर इनर्जी लिमिटेडले आगामी चैत २८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले जम्मा १६ लाख कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको थियो। जसमध्ये १ लाख ६० हजार कित्ता आयोजना प्रभावित स्थानीयका लागि र १ लाख ४४ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई पहिलो चरणमा बाँडफाँड गरिसकेको छ।

पहिलो चरणको आईपीओ बाँडफाँडपछि रहेको १२ लाख ९६ हजार कित्तामध्ये ७२ हजार कित्ता सामूहिक लगानी कोषको लागि र २८ हजार ८०० कित्ता कम्पनीका कर्मचारीका लागि सुरक्षित गरी बाँकी रहेको ११ लाख ९५ हजार २०० कित्ता सर्वसाधारणलाई निष्कासन गर्न लागेको हो।

उक्त सेयरमा न्यूनतम १० कित्ता र अधिकतम १,००,००० कित्ताका लागि वैशाख २ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। आइपीओमा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सक्नेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

धेरै पढिएको