Like us!
Follow us!
Connect us!
Watch us!

'बैंक अफ दि इयर–२०२३'को उपाधि पाएको प्रभु बैंकको वितरणयोग्य मुनाफा ऋणात्मक, खुद नाफा ३९.९७ प्रतिशतले घट्यो

अर्थ संसार

आइतबार, ०७ माघ २०८०, ०९ : ४१ मा प्रकाशित

'बैंक अफ दि इयर–२०२३'को उपाधि पाएको प्रभु बैंकको वितरणयोग्य मुनाफा ऋणात्मक, खुद नाफा ३९.९७ प्रतिशतले घट्यो

प्रभु बैंकले यस आर्थिक वर्ष २०८०/८१ को दोस्रो  त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकको यस त्रैमासमा पनि अधिकांश  सूचकहरुमा गिरावट देखिएको छ।

सूचक 

खुद नाफा 

दोस्रो त्रैमास सम्म बैंकको खुद नाफा ३९.९७ प्रतिशतले घटेको छ । बैंकले यस आर्थिक वर्षको पहिलो ६ महिनामा ७२ करोड ३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ .। गत वर्ष यसै अवधिसम्म बैंकले १ अर्ब १९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। 

खुद ब्याज आम्दानी

बैंकको यस त्रैमास सम्म खुद ब्याज आम्दानी बढेको छ। यस त्रैमास सम्म बैंकले  ४ अर्ब ७६ करोड रुपैयाँ कमाएको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ३ अर्ब ३९ करोड  खुद ब्याज आम्दानी गरेको थियो। यस सूचक  ४०.५८ प्रतिशतले बढेको देखिन्छ। 

सञ्चालन मुनाफा

बैंकले दोस्रो त्रैमास सम्म १ अर्ब ७२ करोड रुपैयाँ सञ्चालन मुनाफा गरेको छ। अघिल्लो वर्ष यहि अवधि सम्म बैंकको मुनाफा १ अर्ब ६३ करोड रुपैयाँ रुपैयाँ रहेको थियो। अहिले ५.७७ ले घटेको छ।

खराब कर्जा अनुपात (एनपील)
बैंकले  खराब कर्जा अनुपात (एनपील) झन् बिग्रेको छ ।  यस त्रैमास सम्म बैंकको खराब कर्जा ४.९० प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यस अवधिमा खराब कर्जा एनपीएल १.१८ प्रतिशत रहेको थियो।

इम्पेयरमेन्ट चार्ज
इम्पेयरमेन्ट चार्जका रुपमा  १ अर्ब २५ करोड रुपैयाँ  छुट्याएको छ। अघिल्लो वर्ष यहि अवधि सम्म ४२ करोड ६७ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज छुट्याएको थियो।

निक्षेप संकलन र कर्जा लगानी 

बैंकले २ खर्ब ८१ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर २ खर्ब ३१ अर्ब  रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्ष बैंकले २ खर्ब ८९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर २ खर्ब ३५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

चुक्तापुँजी
२३ अर्ब ५४ करोड रुपैयाँ

रिजर्भ
१० अर्ब ११ करोड रुपैयाँ (अघिल्लो वर्ष रिजर्भमा  ९ अर्ब ६१ करोड रहेको )

वितरणयोग्य मुनाफा
 १ अर्ब ८६ करोड रुपैयाँले ऋणात्मक

प्रति सेयर आम्दानी (ईपीएस)
६.१२ रुपैयाँ (अघिल्लो वर्ष ईपीएस  १०.१९ रुपैयाँ रहेको )

पीई रेसियो
२५.९३ गुणा

प्रति सेयर नेटवर्थ
१३५.०२ रुपैयाँ

प्रभु बैंकले 'बैंक अफ दि इयर २०२३' को उपाधि प्राप्त गरेको बैंक हो ।  

बेलायतको लण्डनस्थित फाइनान्सियल टाइम्सले प्रकाशित गर्ने पत्रिका ‘दि बैंकर’ले सन् २०२३ को 'बैंक अफ दि इयर' बाट प्रभु बैंकलाई सम्मान प्रदान गरेको थियो। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको