नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । आइतबारको तुलनामा साेमबार सुन प्रतितोला ७०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन प्रतितोला १ लाख ७३ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाला सुन प्रतितोला १ लाख ७४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी चाँदीको मूल्य भने सोमबार बढेको छ । साेमबार चाँदी प्रतितोलामा ३० रुपैयाँले बढेर १ हजार ८३० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार एक तोला चाँदी १ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस