नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा एक हजार ४०० रुपैयाँले ओरालो लागेको हो । यसँगै आज प्रतितोला सुन २ लाख ८२ हजार ४ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला २ लाख ८३ हजार ८ सय रुपैयाँमा किनबेच भएको थियो।
यता, चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर प्रतितोला चार हजार ३१० रुपैयाँमा किनबेच भइरहेको हो । हिजो चाँदी ४ हजार ३२५ रुपैयाँमा कारोबार भएको थियो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस