राष्ट्रिय वाणिज्य बैंकले वैशाख ७ गतेदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ ।
७ वर्षे अवधिको यो ऋणपत्रमा लगानी गर्नेले वार्षिक ७ प्रतिशत ब्याजदर पाउने छन् । अंकित मूल्य १ हजारका दरले कुल २५ लाख कित्ता ऋणपत्र निष्कासन हुन लागेको हो ।
सोमध्ये बैंकले १५ लाख कित्ता ऋणपत्र भने व्यक्तिगत तवरबाट बिक्री गर्ने छ। बाँकी १० लाख कित्तामध्ये ५० हजार कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरी बाँकी रहेको ९ लाख ५० हजार कित्ता ऋणपत्र सर्वसाधारणमा निष्कासन गर्न लागेको हो।
छिटोमा वैशाख १० गतेसम्म र सो अवधिसम्म पूर्ण रुपमा बिक्री नभएमा २१ गतेसम्म लगानी आवेदन दिन सकिनेछ । यसमा लगानीकर्ताले घटीमा २५ कित्ता र बढीमा सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था रहेको छ। निष्कासन बन्द छिटोमा वैशाख १० र ढिलोमा वैशाख २१ गते हुनेछ।
धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धकमा सानिमा क्यापिटल छ । केयर रेटिङ नेपालले बैंकलाई ए प्लस रेटिङ दिएको छ । जुन रेटिङले ऋणपत्रमा लगानी सुरक्षा मजबुत रहेको जनाउँछ ।
यस ऋणपत्रमा आर्जित व्याजदर प्रत्येक आर्थिक वर्षको प्रथम अर्धवार्षिक र द्वितीय अर्धवार्षिक समाप्त भएपछि भुक्तानी गरिनेछ। बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस