Like us!
Follow us!
Connect us!
Watch us!

अमेरिकी बजारमा ऐतिहासिक उकालो, ट्रम्पको ट्यारिफ फिर्ता घोषणाले लगानीकर्तामा उत्साहको लहर

अर्थ संसार

विहीबार, २८ चैत्र २०८१, ०८ : ५६ मा प्रकाशित

अमेरिकी बजारमा ऐतिहासिक उकालो, ट्रम्पको ट्यारिफ फिर्ता घोषणाले लगानीकर्तामा उत्साहको लहर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अधिकांश देशहरूमाथि लगाउने भनिएको ट्यारिफ अस्थायी रूपमा फिर्ता लिने घोषणा गरेसँगै अमेरिकी सेयर बजारमा बुधवार ऐतिहासिक सुधार देखिएको छ।

सप्ताहौंदेखि बजारमा रहेको अस्थिरता र चिन्ताबीच आएको ट्रम्पको घोषणाले लगानीकर्तामा आशा र उत्साह भरिदिएको छ। यसैका कारण बुधवार अमेरिकाको प्रमुख सूचकांकहरू एकैदिनमा वर्षकै सबल वृद्धिदरका साथ बन्द भए।

एसएण्डपी ५०० सूचकांक ९.५२ प्रतिशतले बढ्दै ५,४५६.९० अंकमा पुगेको छ, जुन प्रायः एक वर्षको औसत वृद्धिसँग मेल खाने खालको हो। त्यस्तै, डाउ जोन्स इन्डस्ट्रियल एभरेज २,९६२.८६ अंकले बढ्दै ४०,६०८.४५ मा बन्द भयो। नास्ड्याक कम्पोजिट १२.१६ प्रतिशतले वृद्धि हुँदै १७,१२४.९७ मा पुगेको छ।

टेक कम्पनीहरूमा उल्लेखनीय उकालो,यात्रा क्षेत्रको पनि पुनरुत्थान

टेक्नोलोजी कम्पनीहरूको सेयरमा झनै ठूलो सुधार देखिएको छ। टेस्ला १८.८२ प्रतिशतले वृद्धि हुँदै २६३.६२ डलरमा, इन्टेल १६.९६ प्रतिशतले बढ्दै २१.२० डलरमा, एनभिडिया १६.१८ प्रतिशतको वृद्धिसहित १११.८८ डलरमा पुगेका छन्। एप्पलको सेयर मूल्य १०.१५ प्रतिशतले बढेर १८९.९३ डलरमा पुगेको छ भने अमेजन ९.८३ प्रतिशतले उकालो लाग्दै १८७.४३ डलरमा बन्द भएको छ।

यात्रा र पर्यटनसँग सम्बन्धित सेयरमा पनि उल्लेखनीय सुधार देखिएको छ। डेल्टा एयरलाइन्सले २३.४ प्रतिशतको वृद्धि हासिल गरेको छ, यद्यपि कम्पनीले केही समय अघि आफ्नो २०२५ को आर्थिक मार्गदर्शन फिर्ता लिएको थियो।

बुधवारको दिन एसएण्डपी ५०० मा सूचीकृत ९८ प्रतिशत कम्पनीका सेयर मूल्यमा वृद्धि आएको हो।

अघिल्लो ऐतिहासिक दिनसँग तुलना

एसएण्डपी ५०० सूचकांकको इतिहासमा दोस्रो ठूलो एकदिने वृद्धिको रुपमा बुधबारको दिन भएको छ। यसअघि अक्टोबर १३, २००८ मा विश्वव्यापी आर्थिक संकटका बेला यो सूचकांक ११.६ प्रतिशतले उक्लिएको थियो।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको