नेपालमा भड्किएको हिंसात्मक घटनाप्रति अस्ट्रेलिया, फिनल्याण्ड, फ्रान्स, जापान, कोरिया गणतन्त्र, बेलायत, नर्वे, जर्मनी र संयुक्त राज्य अमेरिकाका दूतावासहरूले गहिरो चिन्ता व्यक्त गरेका छन्।
सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले देशका विभिन्न स्थानमा भएको झडपका कारण ज्यान गुमाएका नागरिकप्रति शोक प्रकट गरे। साथै, घाइते परिवारजनलाई शीघ्र स्वास्थ्यलाभको शुभकामना व्यक्त गर्दै प्रभावित परिवारप्रति सहानुभूति प्रकट गरिएको छ।
दूतावासहरूले शान्तिपूर्ण सभा तथा अभिव्यक्तिको स्वतन्त्रतालाई विश्वव्यापी अधिकारका रूपमा पुनः दोहोर्याउँदै, नेपालमा यसको पूर्ण संरक्षण सुनिश्चित गर्न जोड दिएका छन्। विज्ञप्तिमा भनिएको छ– “सबै पक्षले संयमित कदम चाल्दै, तनावलाई थप चर्किन नदिई शान्तिपूर्ण बाटोबाट समाधान खोज्नुपर्छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस