नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुन तोलामा हालसम्मकै उच्च मूल्यमा पुगेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ८१ हजार १०० रुपैयाँ कायम भएको छ । बुधबार १ लाख ७५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी बिहीबार चाँदीको मूल्य पनि बढेको छ । चाँदि प्रतितोलामा ६५ रुपैयाँले बढेर १ हजार ९०० रुपैयाँ कायम भएको छ । बुधबार १ तोला चाँदीको मूल्य १ हजार ८३५ रुपैयाँमा कारोबार थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस