Like us!
Follow us!
Connect us!
Watch us!

भूकम्प बिहानै महसुस

अर्थ संसार

मंगलबार, ०२ बैशाख २०८२, ०८ : २१ मा प्रकाशित

भूकम्प बिहानै महसुस

लगातार कम्पन भइरहेका जाजरकोट जिल्लामा फेरि अर्को भूकम्प गएको छ। मंगलबार बिहान सुतिरहेको समयमा स्थानीयहरूलाई पुनः झस्काउने गरी ४.४ म्याग्निच्युडको कम्पन महसुस गरिएको हो।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ४ बजेर ५३ मिनेटमा जाजरकोटको पैंक आसपास केन्द्रबिन्दु भएर भूकम्प आएको हो। यो पछिल्लो १२ घण्टाभित्र आएको दोस्रो भूकम्प हो।

यसअघि, सोमबार राति ९:३१ बजे पनि सोही क्षेत्रमा ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो। 

भूकम्पको यो सिलसिला केही समयदेखि चलिरहेको देखिन्छ। गत चैत २१ गते पनि जाजरकोटमै ५.२ र ५.५ म्याग्निच्युडका दुई ठूलो भूकम्प आएका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको