Like us!
Follow us!
Connect us!
Watch us!

अलास्कामा शक्तिशाली भूकम्प, एक हप्तामा ४०० धक्का महशुस

अर्थ संसार

विहीबार, ०१ साउन २०८२, ११ : ५७ मा प्रकाशित

अलास्कामा शक्तिशाली भूकम्प, एक हप्तामा ४०० धक्का महशुस

अमेरिकाको अलास्कामा बिहीबार बिहान करिब सवा २ बजे तीव्र भूकम्पको झड्का महसुस गरिएको छ  । रेक्टर स्केलमा यसको तीव्रता ७.३ मापन गरिएको थियो । भूकम्पपछि राज्यका तटीय क्षेत्रमा सुनामीको चेतावनी जारी गरिए पनि केही घण्टापछि उक्त चेतावनी फिर्ता लिइएको छ ।

नेशनल सेन्टर फर सिस्मोलोजी (एनसीएस) अनुसार भूकम्प अलास्काको पपोफ टापु नजिकै स्यान्ड पोइन्ट क्षेत्रमा आएको थियो । यसको केन्द्र जमिनको सतहदेखि ३६ किलोमिटर गहिराइमा थियो । हालसम्म यस भूकम्पमा मानवीय क्षतिको कुनै जानकारी आएको छैन ।

अलास्का भूकम्प एजेन्सीका अनुसार पछिल्लो एक हप्तामा लगभग ४०० वटा भूकम्प मापन गरिएका छन्। तीमध्ये सबैभन्दा ठूलो भूकम्प १६ जुलाईमा अटकास्थित क्षेत्रमा ५.१ म्याग्निच्युडको रहेको थियो । मिसिगन टेक्नोलोजिकल विश्वविद्यालयका अनुसार ७.० देखि ७.९ म्याग्निच्युडसम्मको भूकम्पले ठूलो क्षति पु¥याउने सम्भावना रहन्छ। अलास्कामा हरेक वर्ष झन्डै १० देखि १५ यस्ता भूकम्प मापन गरिन्छन्।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको