रुसमा शक्तिशाली भुकम्प गएको छ । रूसको पूर्वी तटीय क्षेत्रमा बुधबार ८.८ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गरेको हो ।
भुकम्प गएसँगै प्रायद्वीपका धेरै क्षेत्रमा सुनामीको चेतावनी जारी गरिएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । रूसको सुदूरपूर्वमा पर्ने क्यामचाट्का प्रायद्वीपमा भूकम्प गएको हो । यस क्षेत्रमा सन् १९५२ यताकै सबैभन्दा शक्तिशाली भूकम्प मापन गरिएको बताइएको छ ।
भुकम्प पछि अमेरिका र जापानका तटहरूमा सुनामी आउने सक्ने चेतावनी दिइएको छ । अमेरिकाले अलास्का र हवाई क्षेत्रमा सुनामी आउने चेतावनी जारी गरेको छ । तटीय क्षेत्रका मानिसहरूलाई सतर्क रहन पनि सूचना जारी गरिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस