Like us!
Follow us!
Connect us!
Watch us!

दक्षिण अमेरिकामा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

अर्थ संसार

शुक्रबार, ०६ भदौ २०८२, ११ : ४५ मा प्रकाशित

दक्षिण अमेरिकामा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

दक्षिण अमेरिकाको दक्षिणी छेउमा पर्ने ड्रेक जलमार्ग क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार ७.५ म्याग्निच्युडको भुकम्प गएको हो । 

भूकम्पको केन्द्रविन्दू दक्षिणी चिली र अन्टार्टिकाबीचको समुद्री क्षेत्र, ड्रेक जलमार्गमा रहेको थियो, जुन केप हर्न र अन्टार्टिकाको दक्षिण शेटल्यान्ड टापुहरूको बीचमा पर्छ। यस क्षेत्र जटिल टेक्टोनिक प्लेटहरूको सङ्गमस्थल भएकाले भूकम्पीय गतिविधि सामान्य मानिन्छ । भूकम्प समुद्री सतहबाट ३६ किलोमिटर गहिराइमा केन्द्रित भएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ । यद्यपि, हालसम्म कुनै पनि हताहत वा संरचनात्मक क्षतिको विवरण सार्वजनिक भएको छैन ।

ड्रेक जलमार्ग पूर्वमा एटलान्टिक महासागर र पश्चिममा प्रशान्त महासागरलाई जोड्ने महत्वपूर्ण समुद्री मार्ग हो, जसको चौडाइ करिब ८०० किलोमिटर रहेको छ । सुरक्षाका दृष्टिले क्षेत्रीय निकायहरूले निगरानी जारी राखेका छन् भने वैज्ञानिकहरूले सम्भावित पराकम्पनबारे पनि चेतावनी दिएका छन् । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको