Like us!
Follow us!
Connect us!
Watch us!

मुलुकको अर्थतन्त्र समस्याग्रस्त छैन - अर्थमन्त्री पौडेल

अर्थ संसार

मंगलबार, ०२ बैशाख २०८२, १४ : २३ मा प्रकाशित

मुलुकको अर्थतन्त्र समस्याग्रस्त छैन - अर्थमन्त्री पौडेल

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले मुलुकको अर्थतन्त्र समस्याग्रस्त नरहेको बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोबिता गौतमले संसदमा प्रश्न दर्ता गरेर ‘अर्थतन्त्र समस्याग्रस्त भएको’ भन्दै अर्थमन्त्री पौडेललाई सोधेकी थिइन् ।

अर्थमन्त्री पौडेलले सांसद गौतमलाई संसद सचिवालय मार्फत पठाएको जवाफमा मुलुकको अर्थतन्त्र समस्याग्रस्त नरहेको बताएका हुन् ।

‘मुलुकको अर्थतन्त्र समस्याग्रस्त छैन । अधिकांश आर्थिक परिसूचकहरु सकारात्मक रहेकाले उक्त कुरा पुष्टि भएको छ । अर्थतन्त्रलाई चलायमान र गतिशील बनाइ आर्थिक वृद्धि तथा आर्थिक स्थायित्व कायम गर्ने विषयमा सरकार प्रतिबद्ध छ’ अर्थमन्त्री पौडेलको जवाफ छ ।

गौतमको प्रश्न थियो- ‘बैंक तथा वित्तीय संस्थाहरु जस्तै कर्णाली विकास बैंक समस्याग्रस्त घोषणा गरेको छ भने, पोखरा फाइनान्स समस्या उन्मुख छ । अर्थतन्त्र समस्याग्रस्त भएको यो संकेत हो । यस्ता समस्या कहाँ कहाँ छन् ? अर्थतन्त्रमा देखिएका यी समस्या समाधान गर्न सरकारका रणनीति के हुन ?’

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको