Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल–श्रीलंकाबीच हवाइ सम्बन्ध विस्तार गर्न बाणिज्य मन्त्रीको राजदूतलाई आग्रह

शुक्रबार, १७ मंसिर २०७३, १० : ५२ मा प्रकाशित

नेपाल–श्रीलंकाबीच हवाइ सम्बन्ध विस्तार गर्न बाणिज्य मन्त्रीको राजदूतलाई आग्रह

अर्थ संसार
काठमाडौं–श्रीलंकाका राजदूत डब्ल्यु एस परेराले वाणिज्य मन्त्री रोमी गौचन थकालीसँग उनकै कार्यकक्षमा भेट गरेकी छन् । भेटका अवसरमा दुई पक्षबीच व्यापार, लगानी तथा पर्यटन क्षेत्रको विकासमार्फत आर्थिक सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।
 
मन्त्री थकालीले नेपाल र श्रीलंकाबीच भौगोलिक निकटता र साँस्कृतिक समानता रहेको चर्चा गर्दै दुई देशबीच पर्याप्त सम्भावना भएका व्यापार, लगानी र पर्यटनका क्षेत्रबाट अपेक्षित लाभ लिन दुई पक्षबीच थप सहकार्य बढाउनुपर्ने विषयमा जोड दिए ।  

नेपाल र श्रीलंकाबीच आगामी वर्ष कूटनीतिक सम्बन्ध स्थापना भएको ६० वर्ष पुग्न लागेको सुखद अवसरमा द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ र गतिशील बनाउन विभिन्न अवसर पारी दुवै देशबाट उच्चस्तरीय भ्रमणको कार्यक्रम मिलाउने विषयमा समेत भेटघाटको दौरान छलफल भएको थियो ।
 
त्यस अबसरमा वाणिज्य मन्त्रीले नेपाल र श्रीलङ्काबीच व्यापार, लगानी र पर्यटन प्रवर्धनको प्रशस्त सम्भावना भएको प्रसङ्ग उल्लेख गर्दै पारस्परिकताका आधारमा श्रीलंकाबाट समेत हवाई सेवा सञ्चालन भएमा जनपक्षीयस्तरमा सम्बन्ध सुदृढ बढाउन तथा द्विपक्षीय पर्यटन र आर्थिक सम्बन्ध विस्तार गर्नमा समेत मद्दत पुग्ने कुरा राखेका थिए ।

श्रीलङ्काका बौद्धमार्गी जनताका लागि लुम्बिनी लगायत नेपालका विशिष्ट बौद्ध सम्पदा रहेका अन्य क्षेत्रहरू जस्तै काठमाण्डौ उपत्यका र यस वरपरका स्थलहरू पनि उत्तिकै दर्शनीय हुनसक्ने भएको हुँदा यसका लागि काठमाण्डौ–श्रीलङ्काबीच हवाई सेवालाई थप सुदृढ र विस्तार गर्नुपर्ने कुरामा उनले जोड दिए ।

प्रविधि हस्तान्तरणका माध्यमबाट दुवै देश लाभान्वित हुनसक्ने सम्भावनामाथि चर्चा गर्दै मन्त्री थकालीले नेपालमा नयाँ संविधानको कार्यान्वयनसँगै सरकारले आर्थिक विकासमा जोड दिएको र यसका लागि नयाँ व्यापार नीति, व्यापार एकीकृत रणनीतिलाई कार्यान्वयनमा ल्याएको बताए ।  

 उनले वैदेशिक लगानी प्रवर्धनका लागि अनुकूल वातावरण तयार पार्न नेपाल सरकारले हालका दिनमा विभिन्न कानूनी एवं नीतिगत पक्षमा सुधार तथा पूर्वाधार विकासमा जोड दिएको बताए । नेपालको उदार आर्थिक नीतिबाट लाभ लिन सेवा क्षेत्रलगायत अन्य सम्भाव्य क्षेत्रमा श्रीलङ्ककाबाट लगानी विस्तारका लागि राजदूतलाई आग्रह गरे । 
 
त्यस अवसरमा श्रीलंकाली राजदूतले नेपाल र श्रीलंकाबीच पर्याप्त सम्भावना भएर पनि व्यापार र लगानी अपेक्षित रुपले विस्तार हुन नसकेको विषयमा चर्चा गर्दै आगामी दिनमा दुवै पक्षले सँगै मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले दुवै देशमा व्यापार र लगानीको पर्याप्त सम्भावना भएकोले विगतमा भएका व्यापार एवं दोहोरो कर मुक्ति सम्झौतामा समयानुकूल सुधार गर्दै अघि बढ्न सकिने बताइन् । 
 
भेटघाटका अवसरमा वाणिज्य मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्यायलगायतका अधिकारी र श्रीलंकाको तर्फबाट काठमाण्डौस्थित राजदूतावासका पदाधिकारीको उपस्थिति थियो ।

यो पनि पढ्नुहोस्

अरुण र ओपलले विवरण पेश नगरेकाले धितोपत्र कारोबार रोकेका हौंः धितोपत्र बोर्ड

नेपाली मुद्रण उद्योगमा २५ अर्ब लगानी, २ हजारभन्दा बढी उद्योग

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको