Like us!
Follow us!
Connect us!
Watch us!

सांसद दिपक मनाङ्गेलाई ५ वर्ष जेल सजाय

मंगलबार, ०२ माघ २०७४, १९ : ५३ मा प्रकाशित

सांसद दिपक मनाङ्गेलाई ५ वर्ष जेल सजाय

अर्थ संसार, काठमाडौँ–  सर्वोच्च अदालतले मनाङबाट प्रदेश सांसद बनेका दिपक मनाङ्गेलाई पाँच वर्ष जेल सजाय सुनाएको छ ।

कर्तब्य ज्यानसम्बन्धी मुद्दाको सुनुवाई गर्दै पुनरावेदन अदालत पाटनले गरेको फैसलालाई सदर गरेको सर्वोच्चले मनाङबाट प्रदेश सांसदमा विजयी मनाङ्गेलाई विरुद्ध यो सजाय सुनाएको हो ।

सर्वोच्चका न्यायाधीशहरु दिपकराज जोशी र पुरुषोत्तम भण्डारीको सं‌युक्त इजलासले मनाङेलाई पाँच वर्ष जेल सजाय सुनाएको हो । यो फैसलासँगै सपथ नै नलिई मनाङ्गेको पद स्वतस् निलम्बनमा परेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको