Like us!
Follow us!
Connect us!
Watch us!

ट्रम्पको भनाइ: “चीनसँग व्यापार सम्झौता छिट्टै हुनेछ”,चीनले भन्यो– “घण्टी बाँध्नेले खोल्नुपर्छ”

अर्थ संसार

शुक्रबार, ०५ बैशाख २०८२, ०६ : २५ मा प्रकाशित

ट्रम्पको भनाइ: “चीनसँग व्यापार सम्झौता छिट्टै हुनेछ”,चीनले भन्यो– “घण्टी बाँध्नेले खोल्नुपर्छ”

अमेरिका र चीनबीच जारी भन्सार शुल्क (ट्यारिफ) युद्धबीच अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँग "एकदम राम्रो" व्यापार सम्झौता गर्न सकिनेमा विश्वास व्यक्त गरेका छन्। चीनले पनि वार्ताका लागि संवाद खोल्ने संकेत दिएको छ।

ट्रम्पले उक्त भनाइ इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीसँग वासिङ्टनमा भेटघाटको क्रममा दिएका हुन्। उनले भने, “हामी सम्झौता गर्नेछौं। मलाई लाग्छ, चीनसँग हामीले एकदम राम्रो सम्झौता गर्नेछौं।”

यसअघि उनले आफ्नो सामाजिक सञ्जाल 'ट्रुथ सोसल'मार्फत मेक्सिकोका राष्ट्रपतिको साथमा भएको ‘उत्पादक संवाद’को जानकारी दिँदै लेखेका थिए, “हरेक राष्ट्र, चीनसहित, भेट्न चाहन्छ। आज इटाली!”

अहिले अमेरिकाले केही राष्ट्रहरू — भारतसहित —माथिको भन्सार शुल्क ९० दिनका लागि रोकेको छ, तर चीनमाथि २४५ प्रतिशतसम्मको ट्यारिफ लागू गरिएको छ। चीनले पनि अमेरिकी आयातमा १२५ प्रतिशतसम्मको कर लगाएको छ।

यसैबीच चीनको वाणिज्य मन्त्रालयले अमेरिकासँग कार्यगत संवाद जारी रहेको बताएको छ। मन्त्रालयका प्रवक्ता हे योङचियानले भने, “जोले घण्टी बाँध्यो, उसैले खोल्नुपर्छ।” उनले अमेरिकाले दवाव, धम्की र ब्ल्याकमेल बन्द गरेर समान आदर र पारस्परिक हितका आधारमा संवाद गर्नुपर्ने बताएका छन्।

चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता लिन जियानले बुधबार भने, “यदि अमेरिका साँच्चै संवाद र वार्ताबाट समाधान चाहन्छ भने, चरम दबाब र धम्कीको भाषा बन्द गरेर समानताको आधारमा कुरा गर्नुपर्छ।”

चीनले पछिल्लो समय पूर्व-WTO राजदूत ली चेंगगाङलाई अन्तर्राष्ट्रिय व्यापार प्रतिनिधिको रूपमा नियुक्त गरेको छ।

ट्रम्पले इटालीकी प्रधानमन्त्री मेलोनीलाई स्वागत गर्दै अमेरिका-युरोपेली संघबीच पनि व्यापार सम्झौता १०० प्रतिशत सम्भव हुने बताएका छन्।

एजेन्सीको सहयोगमा 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको