कालंगा हाइड्रो लिमिटेडले सन् २०२४ मा ४७ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको छ ।
यो सन् २०२३ को भन्दा १६८ प्रतिशत धेरै हो । सन् २०२३ मा यस कम्पनीले १७ करोड ८० लाख आम्दानी गरेको थियो । यता, चालु आवको ६ महिनामा कालंगाले २८ करोड आम्दानी गरेको रेटिङ एजेन्सी केयर रेटिङ नेपाल लिमिटेडले जनाएको छ ।
कालंगा हाइड्रोले बझाङ जिल्लामा १५.३३ मेगावाटको जलविद्युत आयोजना निर्माण गरेको छ । निर्माण कार्यमा ढिलाइ र लागत वृद्धिका बाबजुद पनि उत्पादन क्षमता विस्तार हुँदै गएको देखिएको छ ।
कम्पनीले कालंगाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरको ४९ लाख कित्ता सेयर जारी गर्दैछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस