पोखरा फाइनान्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
नाफा
विवरण अनुसार यसअवधिमा कम्पनीले ७ करोड १९ लाख ८५ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा भने कम्पनीको नाफा १७ करोड २३ लाख ९४ हजार रुपैयाँ ऋणात्मक रहेको थियो ।
खुद ब्याज आम्दानी
कम्पनीको खुद ब्याज आम्दानी समेत १०.२६ प्रतिशतले बढेर २६ करोड २१ लाख १३ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी २३ करोड ७७ लाख २९ हजार रुपैयाँ रहेको थियो ।
सञ्चालन नाफा
गत वर्ष तेस्रो त्रैमाससम्ममा २४ करोड १९ लाख ४२ हजार रुपैयाँ सञ्चालन नाफा ऋणत्मक रहेको फाइनान्स चालु आर्थिक वर्षको सोहि अवधिमा भने ५१ करोड ८९ लाख ५४ हजार रुपैयाँ नाफामा रहेको छ ।
वितरणयोग्य मुनाफा
फाइनान्सको वितरणयोग्य मुनाफा भने अझै १ अर्ब ६३ करोड ५१ लाख रुपैयाँ ऋणत्मक रहेको छ ।
खराब कर्जा
खराब कर्जा ७.९१ प्रतिशतबाट बढेर ३१.२५ प्रतिशत पुगेको छ ।
चुक्तापूँजी/जगेडा कोष
समिक्षा अवधिमा कम्पनीको चुक्तापूँजी १ अर्ब ८ करोड २५ लाख रुपैयाँ रहेको छ भने जगेडा कोष सञ्चिति १ अर्ब ८ करोड ३ लाख रुपैयाँ रहेको छ ।
प्रतिसेयर आम्दानी/ प्रतिसेयर नेटवर्थ
चैत मसान्तसम्मको अवधिमा फाइनान्सको प्रतिसेयर आम्दानी ८.८७ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ४८.७५ रुपैयाँ रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस