Like us!
Follow us!
Connect us!
Watch us!

अपराधलाई ढाकछोप गर्ने उद्देश्यले छानबिन समिति बनाइयो -राप्रपा

अर्थ संसार

मंगलबार, १० असार २०८२, १३ : १८ मा प्रकाशित

अपराधलाई ढाकछोप गर्ने उद्देश्यले छानबिन समिति बनाइयो -राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भिजिट भिसा प्रकरणमा दोषीहरूलाई उन्मुक्ति दिनुपर्ने उद्देश्यले सरकारले छानबिन समिति गठन गरेको आरोप लगाएका छन्।

सरकारले पूर्वमुख्यसचिव शंकरदास वैरागीको नेतृत्वमा समिति गठन गर्ने निर्णय गरेपछि, प्रतिनिधिसभाको बैठकमा बोल्दै शाहीले उक्त निर्णयलाई नयाँ षड्यन्त्रको रूपमा व्याख्या गरे।

उनले भने, 'यो समिति न्यायको लागि होइन, अपराध ढाकछोप गर्न र यस प्रकरणमा संलग्न १४ जना गृहमन्त्रीलाई जोगाउन बनाइएको हो।'

शाहीले वैरागी नेतृत्वको समितिमाथि अविश्वास व्यक्त गर्दै भने, 'यो छानबिन समितिले सत्य उजागर गर्न सक्दैन। त्यसैले अब हामी सडक र सदन दुवै ठाउँमा एकजुट भएर संघर्ष गर्छौं।' उनले सरकारलाई चेतावनी दिँदै भने, 'सङ्ख्याको भरमा यो गम्भीर विषयलाई निस्तेज पार्ने प्रयास अस्वीकार्य हुनेछ। दोषीको संरक्षण होइन, निष्पक्ष छानबिनको आवश्यकता छ।'

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको