Like us!
Follow us!
Connect us!
Watch us!

तिनकुने घटनाबारे धवल शमशेर - 'न्याय पाउने विश्वास छ'

अर्थ संसार

शुक्रबार, ०९ साउन २०८२, १५ : २० मा प्रकाशित

तिनकुने घटनाबारे धवल शमशेर  - 'न्याय पाउने विश्वास छ'

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद धवल शमशेर जबराले गत चैत १५ गते काठमाडौंको तिनकुनेमा भएको राजावादी प्रदर्शनलाई गलत तरिकाले बुझिएको आरोप लगाएका छन्।

उनले शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै भने, 'हामीले संविधानले दिनु भएका अधिकारअनुसार शान्तिपूर्ण विरोध प्रदर्शन गरेका थियौं, तर राज्यको तर्फबाट अत्यधिक र अनावश्यक बल प्रयोग भयो।'

जबराले थपे, 'यहाँसम्मकी मञ्चमा राष्ट्रगान बजिरहेको बेला अश्रु ग्यास प्रहार गरिएको थियो।' उनले आन्दोलनकारीलाई तितरबितर गर्न प्रहरीबाट सयौं राउण्ड अश्रु ग्यास, रबर बुलेट र लाइभ बुलेट प्रहार भएको दाबी गर्दै भने, 'यसले एक आन्दोलनकारीको मृत्यु भएको र गोली लागेर २५ जना घाइते भएका छन्।' घटनामा आफ्ना अनुभव साझा गर्दै उनले भने, 'जीवन बचाउनको लागि हामी एउटा गल्लीको सटरमा आश्रय लिन पुगेका थियौं, तर साँझ अस्पतालमा घाइतेहरूको उपचार गरिरहेका बेला प्रहरीले हामीलाई पक्राउ गरेर काठमाडौंको प्रहरी परिसरमा राखेर झुठा मुद्दा लगाएको छ।'

राप्रपा सांसद जबराले आफू र आफ्नो पार्टीको विचारधारालाई निरुत्साहित गर्ने उद्देश्यले देशद्रोह र संगठित अपराध जस्ता झुठा मुद्दा लगाइएको आरोप समेत लगाए। 'मलाई विश्वास छ कि न्यायालयले दूधको दूध र पानीको पानी गरी निष्पक्ष न्याय दिनेछ,' उनले भने।  चैत १५ को घटनामा संसदीय छानबिन समिति गठन गर्नका लागि उनले माग गर्दै भने, 'यस्तो गम्भीर घटनाको छानबिन नगरेमा केको छानबिन गर्ने? दोषीलाई कारबाही र निर्दोषलाई रिहा गरियोस् भन्ने मेरो माग छ।'

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro Viber

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको