राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले भ्रष्टाचार आरोप लागेको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई तुरुन्त पक्राउ गरी छानबिन गर्न माग गरेका छन्।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद शाहीले मन्त्रीमाथि सार्वजनिक भएको अडियो प्रकरणको छानबिनका लागि तत्काल पक्राउ गर्नुपर्ने जोड दिए।
शाहीले वर्तमान सरकारले भ्रष्टाचारको हिसाबले विश्व कीर्तिमान बनाएको व्यङ्ग्यात्मक टिप्पणी पनि गरेका छन्। उनले भने, ‘पहिले एउटा भनाइ थियो, ज्ञान नपाए काँशी जानू, न्याय नपाए गोरखा जानू, भ्रष्टाचार गर्न नपाए केपी ओली सरकारको क्याबिनेटमा आउनू।’
उनले थपे, ‘मन्त्रीको अडियो टेप सार्वजनिक भएको छ, पैसा बुझाइएको छ, यस्तो अवस्थामा मन्त्रीले राजीनामा दिएर स्वीकृत हुन्छ ? हामीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग बनाएका छौं, तर त्यो आयोग अहिले के गर्दैछ ?’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस