Like us!
Follow us!
Connect us!
Watch us!

एकैदिन बैंकहरूबाट घट्यो २० अर्ब निक्षेप, कहाँ गयो ?

अर्थ संसार

सोमबार, ०८ बैशाख २०८२, १२ : १२ मा प्रकाशित

एकैदिन बैंकहरूबाट घट्यो २० अर्ब निक्षेप, कहाँ गयो ?

 बैंकिङ प्रणालीबाट एकैदिन २० अर्ब रुपैयाँ निक्षेप बाहिरिएको छ। बैंकहरुको कर्जा लगानी पनि २० अर्ब रुपैयाँले नै घटेको छ।

केन्द्रीय बैंकको तथ्यांकअनुसार बैंकिङ प्रणालीबाट वैशाख २ गते एकैदिन २० अर्ब रुपैयाँ निक्षेप बाहिरिएको छ । सो समयमा बैंकहरुको कर्जा लगानी पनि २० अर्ब रुपैयाँले नै घटेको छ।

वैशाख २ मा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप घटेर ६८ खर्ब ३६ अर्ब रुपैयाँमा झरेको छ। अघिल्लो दिनसम्म कुल निक्षेप ६८ अर्ब ५६ रुपैयाँ थियो। यसैगरी वैशाख २ मा बैंक तथा वित्तीय संस्थाको कुल कर्जा लगानी घटेर ५५ खर्ब १२ अर्ब रुपैयाँमा झरेको छ। अघिल्लो दिनसम्म कुल कर्जा लगानी ५५ खर्ब ३२ अर्ब रुपैयाँ थियो।

केन्द्रीय बैंकको अनुसार सो समयमा सीडी रेसियो घटेर ७९.४२ प्रतिशत र अन्तर बैंक ब्याजदर भने ३ प्रतिशत रहेको  छ। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको