Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंकको पाँच लाख कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

मंगलबार, ०९ बैशाख २०८२, १० : १३ मा प्रकाशित

कुमारी बैंकको पाँच लाख कित्ता संस्थापक सेयर बिक्रीमा

कुमारी बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ।  बैंकले  ५ लाख ६ हजार ९७२ कित्ता संस्थापक सेयर  बैंककै विद्यमान संस्थापक  सेयरधनीहरूका लागि बिक्रीमा राखेको हो ।

उक्त सेयर खरीद गर्न चाहने संस्थापक सेयरधनीले अबको ३५ दिनभित्र नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा आवेदन दिनु पर्नेछ। सेयरको मूल्य बिक्रेताले तोके बमोजिम हुने र म्यादभित्र संस्थापक सेयरधनीबाट आवेदन प्राप्त नभएमा सो सेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया बढाइने बैंकले जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको