Like us!
Follow us!
Connect us!
Watch us!

डिजिटल बैंकिङ्बारे जानकारी लिएर मात्र कारोबार गरौं - राष्ट्र बैंक

अर्थ संसार

मंगलबार, ०९ बैशाख २०८२, ११ : १८ मा प्रकाशित

डिजिटल बैंकिङ्बारे जानकारी लिएर मात्र कारोबार गरौं - राष्ट्र बैंक

केन्द्रीय बैंकले विद्युतीय भुक्तानी सेवाहरूको व्यवस्थापनको विषयमा सर्वसाधारणलाई जानकारी दिएको छ ।

नेपाल राष्ट्र बैंकले वित्तीय चेतनाका लागि सूचना जारी विद्युतीय भुक्तानी सेवाहरूको व्यवस्थापनको विषयमा जानकारी दिँदै डिजिटल बैंकिङ बारे जानकारी लिएर मात्र कारोबार गर्न सुझाव दिएको हो ।

वित्तीय ग्राहकलाई डिजिटल भुक्तानी सेवा स्वतन्त्र रूपमा व्यवस्थापन गर्ने सुविधा प्रदान गर्दै सुरक्षा तथा सहजता सुनिश्चित गर्ने उद्देश्यले आफूले प्रयोग गरिरहेको विविध विद्युतीय भुक्तानीसम्बन्धी सेवा विभिन्न कारणवश प्रयोग गर्न नमिल्ने अवस्थामा स्वयंले आधिकारिक मोबाइल एप वा वेब पोर्टलमार्फत निष्क्रिय गर्न सकिने तथा त्यस्तो सेवा पुनः प्रयोग गर्न परेमा फेरि सोही मोबाइल एप वा वेब पोर्टलमार्फत सक्रिय गर्न सकिने व्यवस्था रहेको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकका अनुसार सम्बन्धित बैंक तथा वित्तीय संस्थाले उपर्युक्त सेवाका लागि आफ्नो एप वा वेब पोर्टलमा आवश्यक व्यवस्था मिलाउनु पर्ने प्रावधान नेपाल राष्ट्र बैंकबाट जारी गरिएको भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८१ को ग्राहकहित संरक्षणसम्बन्धी व्यवस्थामा रहेको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको