Like us!
Follow us!
Connect us!
Watch us!

सुनको भाउमा एकैदिन भारी गिरावट, तोलामा ७ हजार ५०० ले घट्यो

अर्थ संसार

बुधबार, १० बैशाख २०८२, ११ : ०० मा प्रकाशित

सुनको भाउमा एकैदिन भारी गिरावट, तोलामा ७ हजार ५०० ले घट्यो

नेपाली बजारमा बुधबार सुनको मूल्यमा अप्रत्याशित गिरावट आएको छ। मंगलबार इतिहासमै उच्च मूल्यमा कारोबार भएको सुन, एकैदिनमा भारी दरले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बुधबार छापावाल सुन प्रतितोला १ लाख ९० हजार ४०० रुपैयाँमा झरेको छ। मंगलबार यही सुन १ लाख ९७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। यसरी हेर्दा २४ क्यारेट सुनको मूल्य ७ हजार ५०० रुपैयाँले घटेको देखिन्छ।

सुनसँगै चाँदीको मूल्य पनि घटेको छ। अघिल्लो दिन प्रतितोला १ हजार ९७० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार ५ रुपैयाँ घटेर १ हजार ९६५ रुपैयाँमा झरेको छ।

सुनचाँदीको मूल्यमा आएको यस गिरावटको कारण अन्तर्राष्ट्रिय बजारको उतारचढाव र भूराजनीतिक अवस्था हुनसक्ने विश्लेषकहरू बताउँछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको