टिकटकर तथा अभिनेत्री मिस पबीले १६ वर्षको उमेरमै आफ्नो डिभोर्स भएको खुलासा गरेकी छन् । एक युट्युब अन्तर्वार्तामा उनले उक्त घटनापछि आफूले जीवनमा धेरै पाठ सिकेको बताइन् । यसअघि पनि मिस पबीको विवाह भएर सम्बन्ध विच्छेद भएको समाचार र तस्बिर सार्वजनिक भए पनि उनले यसबारे केही बताएकी थिइनन् ।
कानूनीरुपमा विवाह नभएपनि वैवाहिक सम्बन्ध भने अलग भएको उनको भनाइ छ । ‘१६ वर्षको उमेरमा भएको थियो । म यो कुराहरू कहिले एक्सपोज पनि गर्न चाहँदिन थिए । म हैन नै भन्छु । किनभने कानुनी रूपमा केही पनि भएको थिएन । तर म कसैलाई नराम्रो भन्न चाहन्नँ । डिभोर्सकै कुरामा बसेर रोइरहने, कराइरहने, उसले मलाई यस्तो गर्यो त्यस्तो गर्यो भन्ने त्यो चाहिँ हुनुहुँदैन, ‘त्यो घटना मेरो लाइफको ठूलो दशा थियो, जुन कट्यो ।’
अहिले पनि आफूसँग स्कुलका साथीहरू पनि साथमा नरहेको बताउँदै गर्दा उनले आँसु बगाइन् ।
उनले थपिन,‘अहिले म २५ वर्षकी भएँ । अहिले धेरै कुरा बुझेजस्तो लाग्छ । त्यतिबेला नबुझेजस्तो । कतिपटक सुसाइड गर्ने प्रयास पनि गरेँ । जुन समाजबाट म आएकी छु, त्यहाँ त्यसरी हेरिन्छ।'
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस